चितवन सहायता कोष वेल्जियमको हालै सम्पन्न वनभोज कार्यक्रमको समाचारमा भुलवस हाम्रा सक्रीय मित्र तथा यस सस्थाका उपाध्यक्ष श्री तेजेन्द्र कडेल जीको नाम अन्यथा पर्न गएकोले सच्चाइएको छ । यसवाट साथीमा पर्न गएको असुविधा प्रति हामी दुखी छैा ।
वेल्जियममा चितवनवासीहरूको वनभोज कार्यक्रम भव्यरूपमा सम्पन्न ।
कृष्णप्रसाद रेग्मी/चितवन सहायता कोष वेल्जियमको आयोजनामा यही जुलाइ ३ तारिखका दिन वेल्जियमको आन्तोर्पेन शहर नजिको पार्क नर्थमा वनभोज कार्यक्रममा वारविक्यू भव्य रूपमा सम्पन्न भएको छ । चितवन जिल्ला घर भै वेल्जियमका विभिन्न स्थानमा वसोवास गर्नुहुने नेपालीहरूको विच आपसमा भातृत्व , एकता र मित्रता लाइ अभिप्रेरित ग र्ने उदेश्यले आयोजना गरिएको सो वनभोज वेल्जियममा नेपालीहरूले गर्ने भन्दा छुट्टै तवरवाट संचालन भएको छ । वेल्जियम जस्तो देशमा रहेका चितवन वासीहरूले आपसमा एकता , मित्रता र भातृत्व कायम गर्न लागि सहभागीहरूलाइ निशुल्क वनभोज कार्यक्रम गरिएको थियो । सो वनभोज BBQ कार्यक्रममा करिव २५० जना चितवनका वासिन्दा तथा समाजका अन्य प्रतिष्ठित विभिन्न क्षेत्रका महानुभावहरूको पनि उपस्थिती रहेको थियो । सो वनभोज कार्यक्रममा वेल्जियम स्थित विभिन्न संचारकर्मीहरू, चितवन सहायता कोषकी सस्थापक तथा चितवन वासिन्दा र अहिले एनआरएन वेल्जियमकी निर्वाचित अध्यक्ष श्रीमती जानकी गुरूङ तथा सो समितिका विभिन्न पदाधिकारीहरू , नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरू , वेल्जियम स्थित विभिन्न समाजिक सस्थाका प्रमुखहरू को पनि उल्लेख उपस्थिती रहेको थियो ।
निशुल्क वनभोज कायक्रमको आयोजना हुने स्थान र सम्पर्क नं हरू
निशुल्क वनभोज कायक्रमको आयोजना हुने स्थान Antwerpen को नर्थ पार्कमा । ठेगनाका लागि यहाँ थिच्नुहोस ।
सम्पर्क व्यक्तिहरूको फोन नंहरू ।
संयोजक चिजकुमार श्रेष्ठ : 0485324268
एन्टवेर्पेन
कृष्णप्रसाद रेग्मी 0484 727 615
तेजेन्द्र कंडेल, 0484454452
रामचन्द्र सुवेदी, 0484689915
कृष्ण शाही, 0486271973
चिजकुमार श्रेष्ठ (सानो),
श्रीराम प्रसाइ,
भरत अधिकारी 0484716529
लुभेन
रामहरी घिमिर,
दिनेश भण्डारी, 0494042449
राजु घिमिरे, 0483364390
रमेश सापकोटा, 0497897747
रफि शाह,
रामचन्द्र सापकोटा,
पार्वती अधिकारी
व्रसेल्स
घनश्याम शर्मा,
प्रशान्त श्रेष्ठ,
आग बहादुर लामा
गेन्ट /व्रुगे
अर्जुन दाहाल, 0485112891
वसन्त ढुंगाना 0495156847
ओष्टन्डे
सुदिप जंग थापा
, नारायण धिताल
..माथीका साथीहरूको नं हामी उपलव्ध भए सम्म अपडेट गरिएको छ र वाकी साथीहरूको नाम र नं पुन अपडेट गरिने छ ।
धन्यवाद।
चितवन सहायताकोषको निशुल्क वनभोज कायक्रमको आयोजना
यो फर्ममा मागिएको विवरण अनिवार्य उपलव्ध गराउनुहोला यो वनभोजको साथै वेल्जियमा वस्ने हामी चितवनका वासिन्दा कति र कुन स्थानका छैा भन्ने र अावस्यक परेका वखत सम्पर्क गर्न सजिलो होस भन्ने हेतुले यो डाटा संकलन गरिएको हो ।
चितवन जिल्ला घर भै वेल्जियमको विभिन्न भागमा विभिन्न पेशा व्यवसाय गरि वस्नुहुने चितवनवासी नेपाली दाजु भाइ तथा दिदि वहिनीहरूलाइ यो खवर सन्देश खवर गरिसहयोग गरिदिनु समेत हामी सवैमा अनुरोध गर्दछैा ।
निशुल्क वनभोज कायक्रमको आयोजना हुने ।
विगत लामो समय देखी बल्जियममा वस्दै आएका चितवनवासी नेपालीहरुको एक बृहत भेला गरी भाइचाराको सम्वन्धलाई अझ प्रगाढ वनाउने उद्देश्यले बेल्जियमका बिभिन्न शहरहरुमा छरीएर रहेका चितवनवासी नेपाली दाजुभाई दिदिबहीनीहरुलाई एकै पटक एकै ठाउँमा सुख-दुख साटासाट गरी रमाइलो गर्नका लागी आगामी जुलाई ३ तारिखका दिन एन्टवेर्पेन स्थीत पार्कमा एक रमाइलो निशुल्क वनभोज कार्यक्रम आयोजना गरीएको हुँदा बेल्जियममा बस्नुहुने सम्पुण् चितवनवासीहरुलाई उपस्थीतिको लागी चितवन सहायता कोष वेल्जियमले हार्दिक निमन्त्रणा गरेको छ। उक्त कार्यक्रम भव्य रुपमा सफल पार्नका आज १२ जुनका दिन एन्टवेर्पेनमा एक बृहत बैठक वसी चिजकुमार श्रेष्ठको संयोजकत्वमा क्षेत्रगत रुपमा निम्न सदस्यहरु रहने गरी आयोजक समिति निर्माण गरिएको जानकारी प्राप्त भएको छ ।
एन्टवेर्पेन
कृष्णप्रसाद रेग्मी,,तेजेन्द्र कंडेल, रामचन्द्र सुवेदी, कृष्ण शाही, चिजकुमार श्रेष्ठ (सानो), श्रीराम प्रसाइ, भरत अधिकारी
लुभेन
रामहरी घिमिर, दिनेश भण्डारी, राजु घिमिरे, रमेश सापकोटा, रफि शाह, रामचन्द्र सापकोटा, पार्वती अधिकारी
व्रसेल्स
घनश्याम शर्मा, प्रशान्त श्रेष्ठ, आग बहादुर लामा
गेन्ट /व्रुगे
अर्जुन दाहाल, वसन्त ढुंगाना
ओष्टन्डे
सुदिप जंग थापा, नारायण धिताल
साथै यस चितवन सहायता कोषले बेल्जियममा बस्दै आउनु भएका सम्पुण् चितवनवासीहरुको नाम संकलन कार्य पनि गरीरहेको हुँदा यही जुन २० तारिख भित्र माथि उल्लेखीत क्षेत्रका साथिहरुसंग सर्म्पर्क गरी नाम संकलन कार्यमा सहयोग गरीदिनुहुन बिनम्र अनुरोध सो सस्थाले गरेको छ ।
सोही दिन बसेको बृहत बैठकमा चितवन सहायता कोषको विभिन्न कार्यक्रमहरूको र यस सस्थाका माध्यमवाट चितवनमा थालेसिमिया विरामीहरुलाइ पुराउदै गरेको सहयोग र रोगीहरूको सम्वन्धमा सोको डकुमेन्ट्री निर्माण गनेका लागी चिजकुमार श्रेष्ठ तथा शिलु श्रेष्ठको तर्फाट नेपाली रु ५०,००१ सहयोग प्रदान गर्नुभएकोमा वहाँको सहयोगको उच्च प्रशंसा गर्दछौं , सो समितिका सचिवद्दारा प्रेसित समाचारमा जनाइएको छ ।
स्मरणीय छ वेल्जियममा पहिलो पल्ट चितवन वासी दाजु भाइ तथा दिदी वहिनीहरूलाइ निशुल्क रूपमा रमाइलो वनभोजको आयोजना गर्न गैरहेको छ ।चितवन सहायता कोष वेल्जियम ले नेपालमा स्थापनाको छोटो समय मै २० लाख भन्दा वढी सहयोग गरिसकेको छ । विस्तृत विवरण www.catbelgium.org हेर्नुहोला ।
तपाइ पनि आफ्नो नाम आजै दर्ता गरि सिट सुरिक्षित राख्नुहोला ,



CAT Founder !